डाक्टर कुट्ने महाराजगञ्जका डिएसपीलाई जिम्मेवारीबाट हटाइयो | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

डाक्टर कुट्ने महाराजगञ्जका डिएसपीलाई जिम्मेवारीबाट हटाइयो

Police-Headquarter

काठमाडाैं, ४ वैशाख । त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्ने डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । बिहीबार नै लम्साललाई महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा तानिएको छ ।

डिएसपीसँगै डाक्टरलाई कुट्ने अन्य प्रहरीहरूलाई पनि कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दु:ख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । डाक्टरमाथि कुटपिट भएको घटनाबारे अनुसन्धान गर्न एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा समिति पनि बनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);