एजेन्सी, ४ वैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २० लाख ८३ हजार नाघेकोे छ ।
कोरोना संक्रमणबाट एक लाख ३४ हजार ६ सय १६ जनाको ज्यान गएको छ भने ५ लाख १० हजार भन्दा बढी जना उपचारपछि निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी ६ लाख ४४ हजार संक्रमित भएको अमेरिकामा २८ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।
यसैगरी, इटालीमा २१ हजार ६ सय ४५, स्पेनमा १८ हजार ८ सय, फ्रान्समा १७ हजार १ सय ६७, बेलायतमा १२ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९८ हजार ४ सय ६८ पुगको छ । छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ४ सय २२ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १२ हजार ३ सय नाघेको छ ।