चोक चोकमा घुम्ती तरकारी बजार सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

चोक चोकमा घुम्ती तरकारी बजार सुरु

tarkari

काठमाडौं, २ वैशाख । नेपाल कृषि सहकारी संघले लकडाउनको समयमा तरकारीजन्य उत्पादनहरुको समस्या हुन नदिन काठमाडौंका चोक चोकमा घुम्ती तरकारी बजार सुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनिकरण गर्दै बजारमा देखिएको तरकारी अभाव र बढ्दो मूल्यलाई मध्यनजर गर्दै संघले मंगलवारदेखी काठमाडौंका विभिन्न चोकमा घुम्ती बजार सुरु गरिएको संघका अध्यक्ष खेम बहादुर पाठकले जानकारी दिनुभयो । देशका विभिन्न जिल्लाका सदस्य किसानहरुले उत्पादन गरेको कृषि जन्य सामग्री आफ्नै बारीमा कुहीएर खेर जाने अवस्था नओस भन्ने सोचका साथ घुम्ती तरकारी बजारको सुरुवात गरेको उहाँले बताउनु भयो । किसानको बारीको तरकारी बजारमा पु¥याउन तयार रहेकोले सरकारले यसको वातावरण मिलाउनुपर्ने अध्यक्ष पाठकको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);