आईएमएफले नेपालसहित २५ मुलुकलाई तत्काल अनुदान उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

आईएमएफले नेपालसहित २५ मुलुकलाई तत्काल अनुदान उपलब्ध गराउने

imf

काठमाडौं, २ वैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष,आईएमएफले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि नेपालसहित २५ मुलुकलाई तत्काल अनुदान उपलब्ध गराउने भएको छ । आईएमफको कार्यकारी सञ्चालक समितिको बैठकले निम्न आय भएका २५ मुलुकलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

आईएपफकी महानिर्देशक क्रिस्टलिना जर्जिभाद्वारा जारी प्रेस विज्ञप्तिमा आईएमएफको विपद् न्यूनीकरण तथा राहत कोष,सीसीआरटी मार्फत नेपालसहितका २५ देशलाई अनुदान उपलब्ध गराउन लागिएको उल्लेख छ ।

अनुदान रकम ती मुलुकले आईएमएफलाई सर्तअनुसार तिर्नुपर्ने ऋणको किस्ता भुक्तानीको लागि परिचालन हुनेछ। यो व्यवस्थाका कारण ती देशले आफ्नो स्रोत स्वास्थ्य सामग्रीसहित आपत्कालिन काममा खर्च गर्न सक्ने आईएमएफको विज्ञप्तिमा जनाइएको छ।

कोषमा अहिले ५ सय मिलियन अमेरिकी डलर जम्मा भएको र यसमा जापान, बेलायत, चीन,नेदरल्यान्ड्स लगायतका देश प्रमुख दाता रहेको पनि बिज्ञप्तिमा उल्लेख छ । आइएमएफले आर्थिक स्तर बलियो भएका मुलुकलाई कोषमा सहयोग गर्न पनि आग्रह गरेको छ ।

आईएमफले नेपालसहित, अफगानिस्तान, बुर्किनाफासो, मध्य अफ्रिकी गणतन्त्र, लगायतका मुलुकलाई अनुदान दिनेछ।गत हप्ता विश्व बैंकले पनि कोरोना भाइरसबाट प्रभावित मुलुकहरुलाई १ सय ६० बिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग गर्ने बताएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);