नेपाली कांग्रेसद्वारा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, ३ असोज। नेपाली कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी सुरु गरेको छ ।

कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रत्येक क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ महिलासहित बढीमा तीन÷तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यान दिइ दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु र मुस्लिम नेताको नाम सिफारिस गर्न निर्देशन दिएको छ । उम्मेदवारको नाम सिफारिश गर्दा पार्टीमा निरन्तर क्रियाशील सदस्यता कायम भएका तथा पार्टीभित्र लोकप्रिय एवं स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन भूमिका खेलेकालाई प्राथमिकता दिनुपर्ने नेताहरुले बताएका छन् ।

कार्यसम्पादन समितिको निर्णय अनुसार पार्टीको तेह्रौं महाधिवेशनमा गठन भएका गाउँ÷नगर कार्यसमितिले असोज १० गतेभित्र क्षेत्रमा, क्षेत्रले असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले असोज १७ गतेभित्र केन्द्रमा सिफारिस पठाउनुपर्ने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);