भरी सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निगमको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भरी सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निगमको निर्णय

gas

काठमाडौं, २६ चैत । नेपाल आयल निगमले आगामी आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले भरी सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको जनाइएको छ । बजारमा भएका आधा सिलिण्डरको बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने भएको हो ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गतेबाट आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);