तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास वितरण

gas

काठमाडौँ, १७ चैत । नेपाल आयाल निगमले लकडाउनको तीन दिनको अवधिमा काठमाडौँ उपत्यकामा मात्र ८७ हजार बढि सिलिण्डर ग्यास वितरण भएको जनाएको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै लकडाउन साताको चैत १४, १५ र १६ गते गरी तीन दिनमा ८७ हजार ६ सय ३० सिलिण्डर वितरण भएको जनाएको हो । निगमका अनुसार चैत १४ गते ३३ हजार ६ सय ५८, १५ गते १४ हजार १ सय ८ र १६ गते ३९ हजार ८ सय ६४ सिलिण्डर ग्यास वितरण भएको हो ।

उक्त ग्यास काठमाडौँ उपत्यकालगायत अन्य स्थानहरुमा एल.पी ग्यासको कारोबार गर्ने एल.पी ग्यास उद्योगहरुले विभिन्न डिलर तथा रिटेलरहरुबाट वितरण गरिएको परिमाण रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);