३० हजार ५६६ क्वारेन्टाइन तयारी अवस्थामा – प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

३० हजार ५६६ क्वारेन्टाइन तयारी अवस्थामा – प्रधानमन्त्री ओली

pm oli sambodhan
काठमाडाैं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित जोखिमलाई आकलन गर्दै ३० हजार ५६६ व्यक्तिलाई राख्न मिल्ने गरी क्वारेन्टाइन तयारी अवस्थामा राखिएको बताएका छन् ।राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी साता अझ भयावह हुने जनाउ समेत दिए । यस्तै अवस्थालाई ध्यानमा राखेर सरकारले उक्त क्षमताका क्वारेन्टाइन बनाएको उनले बताएका छन् । ती क्वारेन्टाइनमा ९ हजार १ सय ६८ जनालाई राखेर निगरानी बढाइएको समेत प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।

यस्तै ३ हजार २५९ क्षमताको आइसोलेसन बेड पनि तयार पारिएको उनले जानकारी दिएका छन् । ओलीका अनुसार ९५ जना आइसोलसनमा उपचारारत रहेका छन् ।

‘सरकार सकभर संक्रमण फैलन नदिन र फैलिनै हाले पनि त्यसलाई रोक्न तयारी अवस्थामा जुटेको छ,’ प्रधानमन्त्री ओलीले भने,’यसअवधिमा सातै प्रदेशबाट पीसीआर प्रविधिबाट परीक्षण सुरु गरिएको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);