उच्च मनोबल र आपसी एकताले कोरोनाको महामारी रोक्न प्रधानमन्त्रीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उच्च मनोबल र आपसी एकताले कोरोनाको महामारी रोक्न प्रधानमन्त्रीको आह्वान

pm oli sambodhan

काठमाडौँ, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गर्नुभएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको पनि जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको बताउँदै विश्वका अधिकांश मुलुकहरू यस महामारीको सङ्क्रमणबाट आक्रान्त भएको पनि जानकारी दिनुभयो । उहाँले अहिलेसम्म नेपालमा यस सङ्क्रमणको प्रत्यक्ष प्रभाव नदेखिनु सुखद पक्ष भएको बताउँदै हामी यस जोखिमबाट ढुक्क हुने अवस्थामा नभएको पनि बताउनु भयो ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकाले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको बताउनुभयो । उहाँले देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);