खरिपाटी क्वारेन्टाइनबाट राखिएका ७३ जनालाई घर पठाइयो | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

खरिपाटी क्वारेन्टाइनबाट राखिएका ७३ जनालाई घर पठाइयो

kharipati quarantine

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसेका ७३ जनालाई घर पठाइएको छ । विभिन्न मुलुकवाट दुई हप्ता अघि नेपाल फर्किएका उनीहरुको स्वाब परिक्षणमा कोरोना भाइरसको रिपोट नेगेटिभ आएपछि सोमबार घर पठाइएको हो ।

नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी उनीहरु चैत ८ र ९ गते थाई एयरवेज, एयर इन्डिया, सिल्क एयर लगायतका विमानहरुबाट ७३ जना तथा चैत १२ गते भारतबाट स्थल मार्गहुदै आएका २३ जना गरी कूल ९६ जनालाई प्राधिकरणको क्वारेन्टाइनमा राखिएको थियो ।

९६ जनाको स्वाब परीक्षणका गत शुक्रबार टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । ती मध्ये ९४ जनाको रिपोर्ट आइतबार आएको थियो । बाँकी दुई जनाको भने पुनः स्वाब परीक्षण गरिदैछ । घर जान बाँकी २३ जनालाई भने दुई जनाको रिपोट आएपछि मात्र पठाइने छ ।

सरकारले उपत्यकाबाहेक अन्य ठाउँका लागि चार वटा रुट बनाएर उनीहरुलाई घरसम्म पु¥याउन बसको व्यवस्था गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);