काेराेना असरः घुम्ती पसल बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काेराेना असरः घुम्ती पसल बन्द

ghumti_pasal-kanchanpur

कञ्चनपुर, २३ चैत । भीमदत्त नगरपालिकामा लकडाउनको समयमा सञ्चालन गरिएका घुम्ती पसल सेवा बन्द गरिएका छन् ।

सरकारको निर्णयअनुसार लकडाउनको समयमा बासिन्दालाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सो नगरपालिका र कञ्चनपुर उद्योग बाणिज्य सङ्घको समन्वयमा ती पसल सेवा सञ्चालन गरिएको थियो ।

नगरपालिकामा शनिबार बसेको अत्यावश्यक खाद्यान्न आपूर्ति तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको थप जोखिम बढेपछि अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टसहित जनप्रतिनिधि, समितिका सदस्य सहभागी बैठकले कोरोना भाइरस जोखिमको संवदेनशिलतालाई मध्यनजरगरी अर्को सूचना जारी नभएसम्मका लागि पसल बन्द गर्ने निर्णय गरेको हो ।

उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्थानीयमा सो भाइरसको सङ्क्रमण देखिएकाले लकडाउनको पूर्ण पालना गरी सुरक्षित हुन सबैमा आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);