बागलुङ, २१ चैत । कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ । उनको अबस्था सामान्य रहेको छ ।
बागलुङमा जोखिम बढ्दै गएपछि एउटै विमानमा आएका बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो ।
संक्रमित बाग्लुङकै अर्की युवती र उनी सवार विमानमा आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ ।