अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपतिद्वारा चासो र चिन्ता प्रकट | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपतिद्वारा चासो र चिन्ता प्रकट

rastrapati

काठमाडौं, १९ चैत । विश्वभर कोरोना भाइसरको प्रकोप बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका बारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिनुभएको छ । मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले वासिङटन डिसीस्थित नेपाली राजदूतवासमा टेलिफोन सम्पर्क गरि त्यहाँ रहेका समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गर्नुभएको हो ।

नेपाली र विद्यार्थीहरुबारे राष्ट्रपतिले चासो र चिन्ता देखाउनु भएको नेपालका लागि अमेरिकी राजदूत डा अर्जुन कार्कीले जानकारी दिनुभयो । कोरोना संक्रमणले न्युयोर्कमा एक नेपालीको मृत्यु भइसकेको छ भने दर्जनौं संक्रमित भएको अनुमान गरिएको छ ।