एजेन्सी, १८ चैत । विश्व बैंकले चीनलाई कोरोनाभाइरसका कारण उसको अर्थव्यवस्थाको वृद्धिदर रोकिन सक्ने चेतावनी दिएको छ ।
विश्व बैंकले पूर्वी एशियामा १.१ करोड जनसंख्या गरिबीको जालमा फसेको जनाउँदै भाइरसको महामारीले अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा गहिरो चोट लाग्ने बताएको छ ।
विश्व बैंकका प्रधान अर्थशास्त्री आदित्या भट्टले भने, ‘एशियामा गरिबी बढ्न सक्छ । चीनको अर्थव्यवस्थाको वृद्धिदर २.३ प्रतिशतमा आउन सक्छ ।’
केही महिना अघि मात्रै विश्व बैंकले चीनको वृद्धि दर ५.९ प्र्रतिशत रहने बताएको थियो तर कोरोना भाइरसको संक्रमणका कारण स्थिती थप बिग्रिएको बताइएको छ ।





