प्रकोप व्यवस्थापन कोष मजबुत बनाउँदै तिलोत्तमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रकोप व्यवस्थापन कोष मजबुत बनाउँदै तिलोत्तमा

Rupandehi_district_location

रुपन्देही, १४ चैत । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगरप्रमुख वासुदेव घिमिरेले रु ५० हजार र उपप्रमुख जगेश्वरदेवी चौधरीले रु १० हजार प्रदान गर्नुभएको छ ।

नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिनुभयो । प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै रु ८० लाख रहेकामा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तीमा रु एक करोड पु¥याउने लक्ष्य राखिएको छ । नगरपालिकाले कोषमा सहयोग गर्न गरेको आह्वानसँगै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले रकम दिन थालेका छन् । होराइजन जिबिएस स्कूलले रु एक लाख एक हजार र प्रदीपनगर निवासी समाजसेवी चिन्तामणि चालिसेले कोषमा रु पाँच हजार ५०० दिने घोषणा गर्नुभएको छ । नगरपालिकाले एनआईसी एशिया बैंकमा प्राकृतिक प्रकोप कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगरप्रमुख घिमिरेले बताउनुभयो ।

कोरोना सङ्क्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं १ स्थित शङ्करनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भइरहेको छ । यस्तै तिलोत्तमाले लकडाउनबाट दैनिक मजदुरी गरेर छाक टार्न समस्या भएका प्रतिपरिवारलाई पहिलो चरणमा १० किलो चामल, दुई किलो दाल र एक किलो नुन दिने घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);