चितवनमा आइसोलेसनमा रहेका एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चितवनमा आइसोलेसनमा रहेका एक युवकको मृत्यु

चितवन, ११ चैत । चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । वीरगञ्जका ३० वर्षीय युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपुस नामक रोगबाट पीडित थिए। ज्वरो र निमोनिया देखिएपछि आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो।

उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो। कोरोनाको आशंका गरी मेडिकल कलेजले कोरोना अस्पताल पठाएको थियो।

मृतक युवकको ‘थ्रोट स्वाब’ परीक्षणका लागि काठमाडौं पठाइएको र परीक्षणको नतिजा साँझसम्म आउने अस्पताल स्रोतले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);