डाक्टर भन्छन् - उपचारका लागि अत्यावाश्यक सामान छैन, आफ्नो ख्याल आफै राख्नु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डाक्टर भन्छन् – उपचारका लागि अत्यावाश्यक सामान छैन, आफ्नो ख्याल आफै राख्नु

doctor_prescription

विवशकुमार सेजुवाल
सुर्खेत, ११ चैत । ‘कोभिड-१९’ कारोना भाइरसका कारण नेपाल सरकारले मंगलवार विहान ६ बजे बाट नेपाललाई लकडाउन घोषणा गरे सँगै कर्णाली प्रदेशका चिकित्सकहरुले कर्णालीमा अहिले पनि उपचारमा चाहिने अत्यावाश्वक साधनहरु नभएकोले आफ्नो ख्याल आफै राख्नको लागि सबैलाई अनुरोध गरेका छन् ।

मंगलवार दिउसो एक प्रेस विज्ञप्ती निकाल्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकहरु र जिल्लामा रहेका चिकित्सहरुले विज्ञप्ती मार्फत यस्तो जनाएका हुन् । उनिहरुले अहिले यो परिबेशमा अरु उपचार भन्दा पनि भाइसरबाट कसरी जोगिने र अरुलाई कसरी जोगाउने सबैले त्यतातिर लाग्नु पर्नेमा जोड दिएका छन् ।

चिकित्सकहरुले पछिल्लो समयमा कोरोना भाइरसले संसारभरी महामारीको रुप लिइरहेको बेला छिमेकी मुलुक भारतमा पनि यसले ठुलो असर पारेको भन्दै देशको सिमित स्वास्थ्य संरचना र न्युन मात्रामा रहेको स्वास्थ्य कर्मि र स्वास्थ्य संस्थाहरुले यसको रोकथाम र यसको उपचारमा कस्तो भुमिका खेल्छ भन्नेमा आफुहरु नै विश्वस्त नभएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

तत्काल उपचारको लागि चाहिने भनेको माक्स, गोलोप्स, स्यानिटाइजर र डिसइन्फिकटेन्ट जस्ता आवाश्यक सामाग्रिहरुको लक डाउनले गर्दा आपुर्ति बन्द भएको भन्दै उनिहरुले बजारमा भएका सामानहरुको पनि कालो बजारीयाको हालिमुहालि भएकोले यो अबस्थामा हामी कर्णालीका चिकित्सकहरु कसरी उपचार गर्न सक्छौ ? विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा सरकारले लागू गरेको लकडाउनलाई जनमानसमा राम्रो सँग बुझाउन नसक्दा त्यो अहिले पनि राम्रो सँग लागू नभएकोमा चिकित्सकले चिन्ता ब्याक्त गरेका छन् । लकडाउनको बारेमा कसरी हुन्छ सम्बन्धित निकाएले राम्रो सँग बुझाउन जरुरी भएको उनिहरुले विज्ञप्ती मार्फत भनेका छन् ।

कर्णाली प्रदेशको पछिल्लो समयको सरकारी तयारी हेर्दा र विदेशमा फैलिएको महामारीको शिक्षा लिदा आफुहरु नै भाइरस फैलिसकेपछि यहाँ उपचार हुनेमा विस्वस्त नभएको विज्ञप्ती मार्फत चिकित्सकहरुले जनाएका छन् ।

उनिहरुले उपचारमा व्यवस्था गरेका वेट र भेन्टिलेटर साह्रै न्युन मात्रमा रहेका र विदेशमा जस्तो हजारौ मानिसमा संक्रमण देखिएमा हाम्रोमा आउने विरामीलाई समेत उपचार दिन नसक्ने अबस्था रहेकाले आफ्नो ख्याल आफै गर्नु बाहेक अरु विकल्प नभएको विज्ञप्ती मार्फत जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);