भारतमा जनता कर्फ्यु जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भारतमा जनता कर्फ्यु जारी

india karfiu

काठमाडौँ, ९ चैत । भारतमा आज बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लगाइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आज एक दिनका लागि जनता कर्फ्यु लगाइएको हो ।

यो घोषणालाई ध्यानमा राखी निजी र सरकारी संस्थाहरुले बन्दको घोषणा गरेका छन् । कर्फ्युका कारण सम्पूर्ण बजार बन्द छन् भने, मानिसहरुको चलहपह भएको छैन । भारतीय नागरिकलाई कोरोना भाइरस कोभिड–१९ को महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

गत बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान गरेका थिए । भारतमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ भने, तीन सय ३० जना संक्रमित छन् । भारतमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । भारत सरकारले पाँच जना भन्दा बढी भेला हुन रोक लगाइएको छ भने मर्निङ वाक नगर्न पनि नागरिकलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);