चिनियाँ धनाढ्य ज्याकमाद्वारा आर्थिक सहयोगको घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

चिनियाँ धनाढ्य ज्याकमाद्वारा आर्थिक सहयोगको घोषणा

काठमाडौं, ८ चैत । चिनियाँ धनाढ्य ज्याक माले नेपालसहित नौ एशियाली मुलुकलाई कोरोना भाइरसँग जुद्न आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।

विश्वव्यापि अनलाइन बजारका सह संस्थापक माले शनिवार ट्वीट मार्फत नेपालसहित नौवटा एशियाली मुलुकलाई १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक, केही भेन्टिलेटर र थर्मामिटर सहयोग गर्ने उल्लेख गरेका हुन् ।

उनले उक्त सहयोग सम्बन्धित मुलुकमा चाँडै पु¥याउन सहज नभएपनि काम सम्पन्न गर्ने ट्वीटमा लेखेका छन् । माले सहयोग दिने मुलुकमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलंका पनि रहेका छन् ।

ज्याक माले यसअघि नै अमेरिकासहित अन्य विभिन्न मुलुकलाई सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);