उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था

काठमाडौं, ७ चैत । कोरोना भाइरसको संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । विभिन्न संघसंस्थाले ठाउँठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकोले ठाउँठाउँमा हात धुने पानी र साबुनको व्यवस्था गरिएको हो ।

चन्द्रागिरी नगरपालिकाले पनि उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाएको छ । नगरपालिकाले शुक्रबारदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यलय अगाडि हात धुने व्यवस्था गरेको छ ।

ट्राफिक कार्यालय अगाडि बाटोमा हात धुने व्यवस्था गरिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, भीमप्रसाद ढकालले हात धुने ब्यवस्थाले ट्राफिक कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहयोग पुगेको बताउनुभयो ।

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था भएपछि कोरोना भाइरसको सम्भावित संक्रमणको जोखमबाट जोगिन सहज हुनेछ ।