जिल्ला अदालत काठमाडौंमा सेवाग्राहीको तापक्रम जाँच गर्न थालियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

जिल्ला अदालत काठमाडौंमा सेवाग्राहीको तापक्रम जाँच गर्न थालियो

काठमाडौं, ७ चैत । जिल्ला अदालत काठमाडौंमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम (ज्वरु) जाँच गरिएको छ । बबरमहलमा रहेको जिल्ला अदालतमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरेर मात्रै भित्र प्रवेश दिइएको थियो ।

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला अदालतले अदालत प्रवेश गर्नु अगाडी नै गेटमा थर्मल गनबाट सबैको तापक्रम जाँच गरिरहेको छ ।

अदालतको गेट बाहिर सेवाग्राहीहरुको ठूलो लाइन देख्न सकिन्छ । यता सर्वोच्च अदालतले कोभिड —१९ को सम्भावित संक्रमणबाट बच्न अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा छलफल गर्न पूर्ण बैठक बोलाएको छ ।

बैठक केही बेरअघि मात्रै सुरु भएको । (समाचार तयार पार्दसम्म) कोरोनाको संक्रमण न्यूनीकरणका उपायका बारेमा प्रधानन्यायाधीशसहितको पूर्ण बैठक बस्ने भएपनि आज मुद्दाको सुनुवाई बन्द गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);