लकडाउनको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लकडाउनको तयारी

corona virous

काठमाडौं, ७ चैत ।  कान्तिपुर दैनिकले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे लकडाउनसमेत गर्न चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको समाचार प्रकाशित गरेको छ ।

संक्रमण फैलन नदिन र नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनुपर्ने आँकलन गर्दै गृह मन्त्रालयले यस्तो गृहकार्य गरेको हो । त्यसअनुसार संक्रमति भेटिए आवश्यकता अनुसार सम्बन्धित सहर वा निश्चित भूभागमा लकडाउन गर्न सकिने खाका बनाउन लागिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा लकडाउन मोडालिटीबारे छलफल भएको थियो । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);