पत्रकार महेश रोकायमाथि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

पत्रकार महेश रोकायमाथि आक्रमण

mahesh rokaya

सुर्खेत, ६ चैत । पद्मा मिडिया ग्रुप अन्तरर्गत माउन्टेन टेलिभिजन कर्णाली व्यूरो कार्यालय सुर्खेतमा कार्यरत महेश रोकायमाथि आक्रमण भएको छ ।

बुधबार वेलुका सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित क्याम्पस रोडमा रोकायमाथि आक्रमण भएको हो । कार्यालयको काम सकेर घर फर्किदै गरेको अवस्थामा स्थानीय अर्जुन विक र केदार शाही लगायतको टोलीले उहाँमाथि आक्रमण गरेको बताइएको छ । नागरिकलाई सुसुचित गराउने संवैधानीक दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो ज्याजती प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो ।

यसको पद्मा मिडिया ग्रुप घोर भर्त्सना गर्दछ । प्रेसको संवैधानीक अधिकारको सम्मान गर्न र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउनका लागि घटनामा संलग्न दोषिमाथि तत्काल पक्राउ गरी कानुनी कारवाही अगाडि बढाउन स्थानीय प्रशासनसँग माग गर्दछौं । साथै घाइते पत्रकार रोकायको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);