केयूकेएलमा एक जनाका लागि जबर्जस्त मापदण्ड तय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

केयूकेएलमा एक जनाका लागि जबर्जस्त मापदण्ड तय

Khanepani-limited

काठमाडौं, ६ चैत । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न स्वार्थ बाझिने गरी विद्यमान कानुन र मान्यताविपरीत नीतिगत बदमासी गरेको पाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न कुनै एक व्यक्तिलाई मात्र आकर्षित हुने कार्य्विधि बनाएर लिमिटेड सञ्चालक समितिबाटै नीतिगत बदमासी भएको हो । हालै संशोधित केयूकेएलको प्रमुख कार्यकारी अधिकृत नियुक्तसम्बन्धी कार्य्विधिमा हाल कायम मुकायमका रूपमा रहेका लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई मात्र मान्य हुने मापदण्ड तय गरिएको छ ।

तत्कालीन महाप्रबन्धक डा। महेशप्रसाद भट्टराईको कार्यावधि १९ भदौ २०७६ मा सकिएपछि रिक्त पदमा लिमिटेडका १०औं तहका मिलन शाक्यले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएका छन् । ९० दिनका लागि नियुक्ति पाएका उनले पुनः कानुनी आधारमा थप ९० दिनको भूमिकामा छन् । तर, उनै शाक्यलाई मात्र मान्य हुने गरी चलखेलका आधारमा कार्य्विधि तय भएको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);