काठमाडौं, ५ चैत । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ ।
गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल मंगलबार सकिए सकिएसँगै अर्थ मन्त्रालयले शिवाकोटीलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको हो । २०७१ साल चैत ५ गते राष्ट्र बैंकको १६ औं गर्भनर बनेका नेपालको कार्यकाल मंगलबार सकिएको हो । बहालवाला गभर्नरको कार्यकाल सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्ने राष्ट्र बैंकको ऐनमा उल्लेख भएपनि सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको छैन् ।