कोरोना त्रास : 'हिम्मत र मुटु भएका चालकले मात्रै सवारी चलाइरहेका छन्' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कोरोना त्रास : ‘हिम्मत र मुटु भएका चालकले मात्रै सवारी चलाइरहेका छन्’

भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न माग

काठमाडौं, ५ चैत । यातायात व्यवसायीहरुले भिडभाड हुने ठाउँ र बसपार्कहरुमा हेल्थ डेस्क राख्न माग गरेका छन् । यातायात व्यवस्था विभागमा सरोकारवालाहरुसँगको छलफलमा व्यवसायीहरुले यात्रु र चालकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालले देशका विभिन्न बसपार्कहरु, धेरै भिडभाड हुने ठाउँ, उपत्यकाको कलंकी, गोंगबु बसपार्क, लगनखेल लगायतका ठाउँमा हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताउनुभयो ।

बजारमा मास्क किन्न जाँदा मास्क नपाईने र स्यानिटाइजरको समेत अभाव भएको अवस्थामा सरकारको तर्फबाट सार्वजनिक सवारीमा चालक र यात्रुको सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।

गाडीहरुको संख्या घटेका कारण यात्रुहरुको चाप बढेको उल्लेख गर्दै उहाँले हिम्मत भएका र मुटु भएका चालकले मात्रै सवारी चलाइरहेको बताउनुभयो । महासचिव सिटौलाले प्रत्येक गाडीहरुमा कोरोना भाइरस सम्बन्धि सन्देशहरु प्रशारण गर्ने प्रवन्ध मिलाउनुपर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);