किसानले उत्पादन गरेको कुनैपनि वस्तुको विक्रीको ग्यारेन्टी सरकारले लिन्छ : मन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

किसानले उत्पादन गरेको कुनैपनि वस्तुको विक्रीको ग्यारेन्टी सरकारले लिन्छ : मन्त्री भुसाल

काठमाडौं, ५ चैत । किसानले उत्पादन गरेको कुनैपनि वस्तुको विक्रीको ग्यारेन्टी सरकारले लिने भएको छ । कृषि तथा पशुपक्षीं विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ग्यारेन्टी सरकारले लिने घोषणा गर्नुभएको हो ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सरकारले तोकेको मूल्यमा किसानको उत्पादन बजारमा विक्री नभए सरकारले किनिदिने बताउनुभएको हो ।

उहाँले किसानले उत्पादन गरेको नगदे बालिमा लागतपछिको बचत मूल्य सहितको मूल्य निर्धारण गर्ने बताउनुभयो । जसबाट किसानलाई २५ प्रतिशतसम्म नाफा सुनिश्चित हुने दावी समेत उहाँले गर्नुभयो ।

मन्त्री भुसालले व्यक्तिगत रुपमा किसानलाई दिने अनुदानमा सुधार गरी मल, बीउ, सिचाईं र विजुलीमा अनुदान दिने व्यवस्था गर्ने नीति लिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘बीमा गर्छौं टेक्निकल सपोर्ट गर्छौ न्यूनतम समर्थन मूल्य दिन्छौं र अन्तिममा हामीले तोकेको मूल्यमा वहाँहरुले बेच्न पाउनु भो बेच्नुहुन्छ बजारमा त्यो भन्दा बढीमा बेच्नुहुन्छ ।

त्यसमा पनि पाउनु भएन भने सर्टेन मूल्य पनि वहाँहरुले नपाउने स्थिति रहयो, सर्टेन मूल्य भनेको सर्टेन बचतको मूल्य पाउनु भएन भने हामीले राज्यले त्यो लिने व्यवस्था मिलाउँछौं ।

उहाँले अहिले कृषि उपजको विक्री वितरणको प्रकृयामा दलाल पूँजीवाद रहेको र त्यसलाई समाप्त पार्नेगरी पाँचवटा नीतिगत आधारहरु समेत प्रस्तुत गर्नुभयो । उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गरिएको उहाँले बताउनुभयो ।

उहाँले हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गर्न स्थानीय तहमा ६ हजारको संख्यामा रिक्त रहेका कृषि तथा पशुसेवा तर्फका प्राविधिक जनशक्तिको दरबन्दी तत्काल पदपूर्ति गर्न लागिएको समेत बताउनुभयो । त्यस्तै उहाँले किसानलाई ५ प्रतिशत ब्याजदर नबढ्नेगरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिएको घोषणा समेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);