कोरोना प्रभाव : ब्याजदर शुन्यमा झार्ने अमेरिकी केन्द्रीय बैंकको घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

कोरोना प्रभाव : ब्याजदर शुन्यमा झार्ने अमेरिकी केन्द्रीय बैंकको घोषणा

काठमाडौं, ३ फागुन । विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्र शिथिल बनाउन थालेपछि अमेरिकाले ब्याजदर शून्यमा झार्ने घोषणा गरेको छ ।

कोरोना भाइरससंग लड्न भन्दै अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले आपतकालीन रुपमा ब्याजदर घटाउँदै करिब शून्यमा झारेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बैंकको निर्णयप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुशी व्यक्त गरेका छन् । अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न ७ खर्ब डलरको आर्थिक सहायता कोष स्थापना गरेको पनि बैंकले जनाएको छ ।

यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग भएको जनाइएको छ । बैंकका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न यो योजना ल्याइएको बताए ।

ब्याजदर शुन्यदेखि शुन्य दशमलव २५ कोबीचमा राख्ने निर्णय भएको पनि उनले जानकारी दिए । यो घोषणासँगै अमेरिकाले अब अरु मुलुकका केन्द्रीय बैंकसँग वाणिज्य बैंकहरुलाई डलरको उपलब्धता बढाउन सहकार्य गर्ने पनि उल्लेख गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);