एजेन्सी, ३ चैत । आगामी हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुने टोकियो ओलम्पिकको टर्च र्याली खाली स्टेडियममा हस्तान्तरण हुने भएको छ ।
कोरोना भाइरसको त्रासका कारण टर्च र्याली खाली स्टेडियममा हस्तान्तरण हुने भएको हो । ग्रिस ओलम्पिक कमितीले टोकियो ओलम्पिकको टर्च हस्तान्तरण खाली रंगशालामा हुने बताएको हो । कोरोनाको त्रासका कारण ग्रिसले आफ्नो देशमा घुमाउने भनेको टर्च र्यालीको कार्यक्रम रद्द गरेको थियो ।
यसअघि सन् १८९६ को ओलम्पिक भएको रंगशालामा टर्चको कार्यक्रम हुँदा समर्थकको बाक्लो उपस्थिती हुने गथ्र्यो । तर यसपटक भने यो कार्यक्रम सुनसानमा हुने भएको छ । ग्रिसमा अहिलेसम्म २२८ जनामा कोरोना संक्रमण देखिएको छ ।