काठमाडौं, २ चैत । देशभर रहेका सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)को चरम अभाव हुँदा जटिल प्रकृतिका बिरामीलाई सकस हुने गरेको छ । आईसीयूसहितको शøयामा राख्नुपर्ने अवस्थामा रहेका बिरामी केन्द्रीय अस्पतालमा शøया अभावकै कारण निजीमा रेफर हुन विवश छन् । जिल्ला र प्रादेशिक तहमा रहेका अस्पतालमा समेत पर्याप्त मात्रामा सघन उपचार कक्षको अभाव चरम रूपमा खट््किएको छ ।
५२ शøयाको आईसीयू क्षमता रहेको कान्ति बाल अस्पतालमा ३७ शøया सञ्चालनमा छ । पछिल्लो तथ्यांकलाई आधार मान्दा एक वर्षको अवधिमा ८ सय ३८ बिरामी आईसीयूमा शøया अभावका कारण अन्यत्र सिफारिस हुन बाध्य भएका छन् ।
सो अस्पतालले भेन्टिलेटरसहितको आईसीयूको प्रतिदिन शुल्क ४ हजार २ सय रुपैयाँ लिने गरेकोमा निजी अस्पतालमा सो शुल्क दोब्बरभन्दा बढी छ । बिरामी आईसीयू अभावका कारण निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार सेवा लिन विवश छन् भने कतिपय त उपचारका लागि पैसा जोहो गर्न नसक्दा मृत्युको विकल्प रोज्न बाध्य छन् ।
निजी अस्पतालहरुले यसको फाइदा लिइरहेका छन् । निजी अस्पतालले भेन्टिलेटरसहितको आईसीयू बेडका लागि बिरामीबाट प्रतिदिन १० हजार रुपैयाँदेखि १९ हजार रुपैयाँसम्म लिने गरेका छन् । मूल्यमा मनपरी छ । तर, सरकारको अनुगमन निष्प्रभावीजस्तै देखिन्छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।