डडेल्धुराको भित्री मधेसका किसान गाईपालनतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुराको भित्री मधेसका किसान गाईपालनतर्फ आकर्षित

डडेल्धुरा, १ चैत । डडेल्धुराको भित्री मधेसका किसान गाईपालनतर्फ आकर्षित भएका छन् । पछिल्लो समयमा भित्रीमधेसमा पर्ने आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानमा चिस्यान तथा दुग्ध संकलन केन्द्रको स्थापना भएपछि किसानहरु गाईपालन पेशामा आकर्षित भएका हुन् ।

गाईपालनबाट अहिले डडेल्धुराका स्थानीय वासीन्दाले राम्रो आम्दानी गरिरहेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका स्थानीय वासीन्दाहरु व्यवसायीक रुपमै गाईपालन गरेर आम्दानीको राम्रो स्रोत वनाएका हुन् ।

गाउँपालिकाका विभिन्न गाउँमा अहिले दैनिक दुई हजार लिटर दुध उत्पादन हुने गरेको छ । आलितालको घरेलु गाउँका ४० परिवारले समुह गठन गरि जर्सी गाईपालेर व्यवसाय सुरु गरेका छन् ।

तीन वर्ष पहिले चितवनबाट ल्याएका जर्सीगाईवाट अहिले बार्षिक ३ लाख रुपैंया आम्दानी गर्नुका साथै किसानहरुले छोरा छोरीहरुलाई राम्रो स्कुलमा पढाई रहेको किसानको भनाई छ ।

चरनका लागी सहज व्यवस्था तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आर्थिक सहयोग का कारण किसानले आर्थिक उन्नती गरेका हुन् । गाउँमै दुग्ध डेरी खुलेपछि उनीहरुको उत्पादनले राम्रो बजार पाएको छ । दुध र दुग्धजन्य अन्य सामग्रीबाट उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

गाईपालनका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुरा र विभिन्न गैरसरकारी संघ संस्थाले आर्थीक तथा प्राविधिक सहयोग दिन थालेपछि यहाँका किसान कामका लागि भारत जान छोडेर पनि गाईपालन पेशालाई अंगाल्न थालेका छन् ।

गाउँ तथा स्थानीय बजारमा बिक्रीपछि बाँकी दुध दैनिक रुपमा कैलालीको दुग्ध संस्थान र खप्तड डेरी अत्तरीयामा बिक्री हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);