समाजवादी र राजपाबीचको एकता कता हरायो ? | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

समाजवादी र राजपाबीचको एकता कता हरायो ?

काठमाडौं, १ चैत । मधेशलाई आफ्नो आधारक्षेत्र बनाएर राजनीति गरिरहेका समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपाबीच लामो समयदेखी पार्टी एकताको बहस चलिरहेको छ ।

उस्ता उस्तै विचार र उद्देश्य भएका कारण यी दुई दलहरु एक हुनुपर्छ भन्ने नेता र कार्यकर्ताको चाहना छ । पार्टी एकताबारे बहस कुनै बेला चर्को र कुनै बेला सुस्त हुने गरे पनि अहिले त्यसबारे बहसै हुन छाडेको छ ।

नेपालमा राजनीतिक दलहरुको संख्या कम गर्न र सैद्धान्तिक तथा वैचारीक समानता भएका दलहरुलाई एक ठाउँमा ल्याउने उद्देश्यले संविधानमा थेस्रहोल्डको प्रावधान राखिएको छ ।

संविधानको यही प्रावधानका कारण गत निर्वाचनपछि राष्ट्रिय दलहरुको संख्या चार वटामा सिमित भएको छ । यस्तो अवस्थामा समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपाबीच एकताका लागि पर्याप्त आधार छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा राजपाले नेकपासंग गरेको तालमेलको कारण पार्टी एकता रोकीएको समाजबादी पार्टीका उपाध्यक्ष नबराज सुवेदीको तर्क छ । लामो समयदेखिको एकता प्रयास सांगठनिक बिषय टुङगीने बित्तिकै पूर्णहुने उहांँको भनाई छ ।

राजपा महासचिव केशव झा आफुहरु पार्टी एकताको काममा लागीरहेको तर नेतृत्व ब्यवस्थापनमा कठिनाई भईरहेको बताउनुहुन्छ ।

समाजवादी पार्टीले सरकारमा गएर मधेसका निम्ति केही काम गर्न नसकेपछी राजपाका नेता कार्यकर्ताहरुको विरोधबाट जोगिन एकताको कुरा गरीरहेको मधेशमामीलाका जानकार तथ राजनीतिक विश्लेषक राजेश अहिराजको विश्लेषण छ ।

देशमा च्याउ जस्तै धेरै सांगठनिक भद्रगोल भएका पार्टी हुनुभन्दा कम तर सांगठनिक र वैचारीकरुपमा शसक्त पार्टी हुनु राम्रो हो । तसर्थ बारम्बार पार्टी एकताका कुरा गरिरहने मधेस आधारक्षेत्र भएका यी दुई पार्टीले आफ्ना विमती टुङग्याएर जतीसक्दो छिटो पार्टी एकता गर्नु नै हितकर हुनेछ ।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार