हिउँदे बर्षाले करोडौँ मूल्य बरावरको ईट्टामा क्षती | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

हिउँदे बर्षाले करोडौँ मूल्य बरावरको ईट्टामा क्षती

दाङ, २८ फागुन । दाङमा हिउँदे बर्षाले करोडौँ मूल्य बरावरको ईट्टामा क्षती पु-याएको छ । पछिल्लो समय भएको बर्षाका कारण करोडौँ क्षती भएको ईट्टा ब्यवसायीहरुले जनाएका छन् ।

तुलसीपुर १८ विजौरीमा रहेको जय महालक्ष्मी ईट्टा उद्योग, तुलसीपुर १९ बासगढीमा रहेको शिव ईट्टा उद्योग लगायतमा हिउँदे बर्षाका कारण इटामा क्षती हुदा मजदुरलाई ज्याला दिन नै नसक्ने अवस्थामा पुगेको ब्यवसायीले बताएका छन् । काँचो ईट्टाको विमा नहुने र राज्यबाट पनि व्यवसायीलाई नहेरिने हुँदा ब्यवसायी थप मारमा परेका छन् ।

दाङमा मात्र यो हिउँदे बर्षाले ३ करोड ईट्टा नोक्सान भएको र प्रदेश ५ मा करिब १५ करोड ईट्टामा क्षती पुगेको दाङ देउखुरी ईट्टा ब्यवसायी संघका महासचिव प्रेमनाथ योगीले बताउनुभयो । दाङमा अहिले ३३ वटा ईट्टा उद्योग रहेको छन् ।

ताजा समाचार