राष्ट्रपतिद्वारा होलीको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

राष्ट्रपतिद्वारा होलीको शुभकामना

काठमाडौं, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा अर्थात् होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सदभाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।