एजेन्सी, २ असोज । इग्ंल्याण्डका पुर्व कप्तान वायन रुनीको सोमबार ड्रिकं एण्ड ड्राइभ केसको सुनुवाई भएको छ ।
अदालतले ३१ वर्षीय खेलाडी माथि दुई वर्षसम्म गाडी चलाउन प्रतिबन्ध लगाएको छ । साथै उनलाई १७० युरो जरिवाना लिइएको छ ।
गत सेप्टेम्बर १ मा उनलाई आफ्नै घर नजिक प्रहरीले मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई सेप्टेम्बर १८ मा हाजिर हुने गरि तारिखमा छोडिएको थियो ।