देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाए | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाए

फागुन १६ बिहिबार ।
प्रधानमन्त्रीले बोलाएको संयन्त्रको बैठक ६ बजे बालुवाटारमा बस्नु अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । देउवाले निजी निवास बूढानीलकण्ठ ४ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा संघीयता कार्यान्वयनमा देखा परेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसद्मा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन दिन बैठक बोलाएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

 

Leave a Reply