काठमाडौं, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका छन् । सोमबार मन्त्रीमण्डल विस्तार गरेसँगै देउवा नेतृत्वको सरकारमा ५६ जना मन्त्री भएका छन् । जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।
प्रधानमन्त्री देउवाले आज राप्रपा प्रजातान्त्रिकबाट विराज बिष्टलाई विज्ञान प्रविधि र कमला शर्मालाई वन राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
दुबै राज्यमन्त्रीले आज पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले राज्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।




