प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

kp oli

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीलाई आज बिहान १० बजे मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको थियो । उहाँको शल्यक्रिया गर्न करिब ५ घण्टा लागेको थियो ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपण पूर्व मंगलबार ‘डायलसिस’ गरिएको थियो भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको थियो । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको प्रत्यारोपणको सफलताको कमना गर्दै विभिन्न देशका समकक्षीहरुले उहाँलाई लिखित शुभकामना सन्देश पठाएका छन् ।

भारत, जापान, पाकिस्तान, र भुटानका प्रधानमन्त्रीहरुले नेपालमा रहेका आफ्ना राजदूतहरुमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना सन्देश दिएका हुन ।

प्रधानमन्त्री ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । यसअघि उहाँको २०६३ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

Uncategorized‐मा वर्गिकृत