सम्पन्न नेपाल र सुःखी नेपाली बनाउने सपना साकार पार्न राष्ट्रपति संघर्षरत | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

सम्पन्न नेपाल र सुःखी नेपाली बनाउने सपना साकार पार्न राष्ट्रपति संघर्षरत

काठमाडौं, २ असोज । राष्ट्रपति विद्या भण्डारीले ‘सम्पन्न नेपाल र सुःखी नेपाली’ बनाउने सपना साकार पार्न आफू संघर्षरत रहेको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले मुलुकलाई समृद्ध बनाउने गरी दक्ष जनशक्ति निर्माणमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराएकी छन् । काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयको नवनिर्मित भवनको सोमबार उदघाटन गदै उनले विद्यालय शिक्षामार्फत् राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानले ओतप्रोत चरित्रवान नागरिक निर्माण गर्नुपर्ने राष्ट्रिय कार्यभार पूरा गर्ने दायित्व सरकारको भएको बताइन् ।

राष्ट्रपति भण्डारीले पोषण शिक्षालाई विद्यालय तहमै विशेष प्राथमिकता दिनसके भविष्यमा सबै नागरिकलाई स्वस्थ बनाउन सकिने धारणा राखिन् । त्यस अवसरमा विद्यालयको भवन निर्माणमा आर्थिक सहयोग उपलब्ध गराउनेहरुलाई पनि राष्ट्रपति भण्डारीले सम्मान गरेकी छन् ।