आफू विरुद्ध झुटो आरोप लगाइएको भन्दै बास्कोटाद्वारा गालीबेइज्जती मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

आफू विरुद्ध झुटो आरोप लगाइएको भन्दै बास्कोटाद्वारा गालीबेइज्जती मुद्दा दायर

काठमाडौं, १६ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा राजीनामा दिनुभएका पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै विजय मिश्रविरुद्ध अदालतमा मुद्दा दायर गर्नुभएको छ।

बास्कोटाले शुक्रबार प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा गोकुल मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको हो । बास्कोटाले ट्वीटमार्फत आफूविरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालीबेइज्जतीको विरूद्धमा आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गर्दै मुद्दा दायर गरेको बताउनुभएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले घुस मागेको अडियो स्विस कम्पनी केबीए नोटासिसका स्थानीय एजेन्ट रहेका मिश्रले सार्वजनिक गर्नुभएको थियो ।

बाँस्कोटाले आफू निर्दोष रहेको र मिश्रले ६–७ वटा अडियो जोडेर सार्वजनिक गरिएको आरोप लगाउनुभएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पनि उक्त अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको दाबी गर्नुभएको थियो ।