काठमाडौं, १५ फागुन । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–ट्वान्टी खेलाडीको वरीयतामा नेपालका पारस खड्का र सन्दीप लामिछानेको वरीयता खस्किएको छ ।
आईसीसीले बिहीवार सार्वजनीक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ र सन्दीपको बलिङ वरीयता खस्किएको हो । ब्याटिङ वरीयतामा एक स्थान झरेका पारस ६३ औं स्थानमा रहेका छन् ।
यसअघि उनी ६२ औं स्थानमा रहेका थिए । त्यसैगरी नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयताको ८६ औं स्थानमा रहेका छन् । यसअघि उनी ८५ औं स्थानमा रहेका थिए ।
तर, पारस र करण केसीको अलराउण्डतर्फको वरीयता भने एक स्थान सुधार भएको छ । पारस २६ औं र करण ७४ औं स्थानमा रहेका छन् ।यस्तै सोमपाल कामीको अलराउण्डतर्फको वरीयता पनि एक स्थान खस्किएको छ । उनी ६६ औं स्थानमा रहेका छन् ।