इयुले नेपालको पश्मिना र कफी उत्पादनमा लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इयुले नेपालको पश्मिना र कफी उत्पादनमा लगानी गर्ने

eu-nepal

काठमाडौं, १५ फागुन । नेपालको आर्थिक विकासका लागि क्षेत्रिय तथा विश्वव्यापी मूल्य श्रृङ्खलामा सुधार ल्याउन युरोपियन युनियनले नयाँ परियोजना कार्यान्वयनमा ल्याउने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय व्यापार केन्द्रले परियोजना कार्यान्वयन गर्ने गरी युरोपियन युनियनले नेपालको पश्मिना र कफी उत्पादनको क्षेत्रमा लगानी गर्ने जनाएको हो ।

उक्त कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा कार्यान्वयनमा आउने भएको छ । परियोजनाको लगानी ८ मिलियन युरो बराबरको हुने छ । जसमध्ये अन्तर्राष्ट्रिय व्यापार केन्द्रले ५ मिलियन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल स्थित युरोपियन युनियनको कार्यालयले संयुक्त रुपमा ३ मिलियन खर्च गर्नेछन् ।

कार्यक्रममा मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले परियोजनाले कुनैपनि व्यक्तिले उत्पादन गरेको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने वातावरण निर्माण गर्ने बताउनुभयो ।

आयोजनाले क्षेत्रीय र विश्वव्यापी मूल्य श्रृङ्खलामा नेपाली उद्यामीहरुको सहभागिता बढाउने लक्ष्य समेत लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);