एजेन्सी, १५ फागुन । अमेरिकामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको मृत्यु भएको छ । अमेरिकाको विस्कन्सिन राज्यको मिल्वाकीस्थित मोल्सोन कुर्स ब्रेविङ कम्पनी क्याम्पसमा गोली चल्दा पाँच जनाको मृत्यु भएको हो ।
घटनामा मिल्वाकीका स्थानीय बन्दुकधारीको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एक हजार भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा काम गरिरहेको अवस्थामा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको मिल्वाकी प्रहरी प्रमुख अल्फोन्सो मोराल्सले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकका परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।




