चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौं, ८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका उनीविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

पौडेललले नगरपालिकाको सूचना, संचार तथा प्रसारण शीर्षकको बजेटबाट कार्यक्रम सञ्चालनको जिम्मा लिएको प्रिमियर डिजिटल मिडिया प्रालिसँग बार्गेनिङ गरी घुसबापत १ लाख रुपैयाँ लिन सवारी चालकलाई पठाएको पुस्टि भएको अख्तियारको भनाइ छ ।

पौडेललविरुद्ध १ लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय गर्न मागदावी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);