फागुन १४ गतेलाई घोषणा गरिएको स्ववियू निर्वाचन स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

फागुन १४ गतेलाई घोषणा गरिएको स्ववियू निर्वाचन स्थगित

काठमाडौं, ६ फागुन । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जनाइएको छ । मिति घोषणा गरेपनि त्रिविले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न सकेको थिएन्।

विद्यार्थी संघ संगठनबीच सहमति नहुँदा निर्वाचन अनिश्चित बनेको थियो। बिद्यार्थी संगसंगठनले केही समय मागेका कारण १४ गते तोकिएको मिति स्थगित गरिएको जनाइएको छ ।