विषादीयुक्त तरकारी तथा फलफूल भित्रिन थालेपछि नाकामा कडाई
झापा, ६ फागुन । भारतबाट आयातित विषादीयुक्त तरकारी तथा फलफूल भद्रपुर नाकाबाट बिना भन्सार भित्रिन थालेपछि वडा प्रहरी कार्यालय भद्रपुरले कडाइ थालेको छ ।
सीमा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीले तरकारी तथा फलफूल बिना भन्सार वा थोरै राजश्व लिएर छाड्न थालेपछि वडा प्रहरीले त्यसतर्फ सक्रियता बढाउँदै कडाइ गरेको हो ।
वडा प्रहरीले तरकारी र फलफूलमा कडाइ गरेसँगै आलु र प्याज लोड गरिएको दुई वटा पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले भद्रपुर भन्सार कार्यालय अगाडिबाट लगिएका आलु र प्याज नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मे १ ज २२१८ नम्बरको पिकअपबाट ४५ बोरा प्याज र मे १ ज नम्बरको बाट ४५ बोरा आलु नियन्त्रणमा लिएको हो ।