पूर्वसभामुख महरा जेलबाट रिहा | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

पूर्वसभामुख महरा जेलबाट रिहा

mahara rihai

काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । अदालतको आदेशसँगै पूर्वसभामुख महरा जेलबाट रिहा हुनुभएको हो ।

सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको अदालतका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजिनामा दिनुभएको थियो । महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि गत असोज १२ गते साँझ बलात्कार प्रयास गरेको आरोप लागेको थियो । असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो ।

प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो । महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा रहनुभएको थियो ।