'ओली नेतृत्वको सरकारले बाचा अनुसार काम गर्न सकेन' | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

‘ओली नेतृत्वको सरकारले बाचा अनुसार काम गर्न सकेन’

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्ष पुरा भएको छ । प्रधानमन्त्री ओलीले सरकार गठन हुँदा नागरिक सामु थुप्रै वाचा गर्नुभएको थियो । तर ती बाचा अझै पूरा हुन सकेका छैनन् ।

प्रधानमन्त्रीको वाचाबाट खुशी भएका आम नेपालीको आशा भने अहिले मर्दै गएको देखिन्छ । त्यती बेला सरकारको दुई वर्षे योजनाबाट खुशी भएका नेपाली जनताहरु मेलम्ची खानेपानी आयोजना, रेल, तथा पानीजहाज कहिले आउने भनेर सरकारलाई प्रश्न गर्न थालेका छन् ।

सरकारले जनतासामु थुप्रै विकास निर्माणका योजना अघि सारेका थियो । तर ती योजना अनुसार सरकार चल्न नसक्दा सर्वसाधारण निरास बन्दै गएका छन् । सरकारको गतिबिधीबाट जनता मात्र हैन् बौद्धिक जमात पनि निरास बन्दै गएको छ।

सरकारले घोषणा गरे अनुसार सुशासन तथा भ्रष्टाचारमा शुन्य सहनशीलता पनि ल्याउन नसकेको राजनीति विश्लेषक प्रा.डा. सुरेन्द्र केसी बताउनुहुन्छ ।

सरकारले आश्वासन दिनु भन्दा जनतामुखी काम गरेर देखाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामान्य जनताको आवश्यकता पुरा पर्ने काममा सरकार लागे जनतामाझ लोकप्रिय हुन सक्ने राजनीतिक विश्लेषक प्रा.डा. विष्णु दाहालको तर्क छ ।

सरकारले जुन प्रतिबद्धताका साथ चुनावी मुद्दा बनाएको थियो त्यो अनुरुप काम गर्न नसकेकोले आम जनतामाझ अलोकप्रिय भएको हो । प्रधानमन्त्रीको तर्फबाट सञ्चालन गरिएको प्रधानमन्त्री रोजगारी कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा भएको लगानी खेर गएकोले सरकारमाथि झन प्रश्न उठेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);