विराटनगरमा विराट एक्स्पो शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

विराटनगरमा विराट एक्स्पो शुरु

विराटनगर, २ फागुन । विराटनगरमा शुक्रबारबाट शुरु भएको विराट एक्स्पो (अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) को अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्नु भएको छ ।

कार्यक्रममा सहभागी हुनु भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले यस्तो प्रदर्शनीले देशको अर्थतन्त्रको मार्ग रेखा देखाउने हुँदा अर्थमन्त्रीले अगामी बजेटमा नीजि क्षेत्रको भावना बुझ्न आग्रह गर्नु भयो ।

व्यापार मेलामा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न मनोरञ्जनको व्यवस्था गरिएको छ ।

यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन शो, सेल्फी जोनलगायतका विभिन्न आकर्षण पनि एक्स्पोमा समावेश गरिएको छ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर सिसी क्यामारा राखिएको छ ।

मेला आयोजना गर्न २ करोड बढी खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । एक्स्पोमा १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ ।

३ सय ४० वटा स्टल रहने एक्स्पोमा ४० स्टल अन्तर्राष्ट्रिय, ६० वटा स्टल घरेलु तथा हस्तकला, १ सय ६० स्टल औद्योगिक उत्पादन, ३८ वटा अटोमोबाइल्सका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);