काठमाडौं, १ फागुन । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयरबजार परिसूचक नेप्से घटे पनि कारोबार भने बढेको छ ।
नेप्से १दशमलव ३९ अंकले घटेर परिसूचक १ हजार ३ सय ४४दशमलव ५९ अंकमा पुगेको छ । १ सय ७२ कम्पनीका ३७ लाख २० हजार ९२ कित्ताशेयर १७ हजार ६ सय ९८ पटकको कारोबारबाट १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७ सय ४६ रुपैयाँमा खरिद बिक्री भएको छ ।
कारोबार रकम अघिल्लो दिन बुधबारको तुलनामा करिब २७ करोडले बढी हो । बिहीबार कारोबार भएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक ओरालो लागेको छ ।
हिमालय डिष्टीलरी लिमिटेडको सबैभन्दा बढी १२ करोडको कारोबार भएको छ । शेयर कारोबारका आधारमा भने शिवम् सिमेन्ट अग्रस्थानमा छ । हिमालयन डिष्टीलरी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९दशमलव ९३ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५दशमलव १० प्रतिशतले गुमाएका छन् ।